बागमतीको विषयगत समितिः रमा आले अर्थ, यमुनादेवी श्रेष्ठ पर्यटन, विन्दु श्रेष्ठ शिक्षा समितिमा
थानकोट ।
बागमती प्रदेश सभामा रहने पाँचवटा समिति गठन भएका छन् ।
प्रदेशसभाको हिजो मंगलबारको पहिलो बैठकमा सभमुख भुवनकुमार पाठकले पँचवटा समिति गठन गरेको जानकारी गराउँदै समितिमा रहने सदस्यहरुको नाम पढेर सुनाएका थिए ।
बागमती प्रदेशमा प्रदेश मामिला समिति, उद्योग पर्यटन वन तथा वातावरण समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, र शिक्षा स्वास्थ्य तथा कृषि समिति रहने भएका छन् ।
काठमाडाैं क्षेत्र नं. १० प्रदेश २ का सांसद् नेकपा समाजवादीकी रमा आलेमगर प्रदेशको अर्थ तथा विकास समितिको सदस्यका रूपमा रहने बताइएको छ । यसैगरी नेपाली काँग्रेसकी सांसद् यमुनादेवी श्रेष्ठ तथा नेकपा एमालेका सांसद् केशव प्रसाद पोखरेल प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण समितिको सदस्यका रूपमा रहने बताइएको छ ।
नेकपा एमालेकी सांसद् विन्दु श्रेष्ठ प्रदेशको शिक्षा स्वास्थ्य तथा कृषि समितिको सदस्यका रूपमा रहने बागमती प्रदेश सभाको सचिवालयले जनाएको छ ।
यी हुन पाँचवटा समितिमा रहने सदस्यहरु














