बागमती प्रदेशसभा बैठक आज बस्दै

Thankot Times

थानकोट ।

बागमती प्रदेशसभा बैठक आज बस्दैछ ।

मंगलवार साँझ ६ बजे बस्ने भनिए पनि अन्तिम समयमा स्थगित भएको बैठक बुधवार बिहान ११ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेकाले मंगलवार साँझको बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

बागमतीको विषयगत समितिः रमा आले अर्थ, यमुनादेवी श्रेष्ठ पर्यटन, विन्दु श्रेष्ठ शिक्षा समितिमा

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *