तरुण दलको तदर्थ समितिमा ४ सय सदस्य थप, चन्द्रागिरि नगरबाट को-को परे सूचीमा ? (नामसहित)

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप गरिएका छन् ।

सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहेको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरेका हुन् ।

सभापति देउवाद्वारा सातै प्रदेशमा गरी सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए  ।

नेपाली काँग्रेस चन्द्रागिरि नगर समिति सचिव नविन महर्जनका अनुसार स्थानीय निरज प्रजापति तरूण दलको सदस्यमा मनोनित भएका छन् । प्रजापति चन्द्रागिरि १० सतुगंल निवासी हुन् ।

यस अघि नेपाल महिला सङ्घको तदर्थ समितिमा पनि सभापति शेरबहादुर देउवाले सदस्य थप गरेका थिए ।

तरूण दलको तदर्थ समितिमा थप भएका सदस्यहरूः

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *