यसकारण आज दिनभर चन्द्रागिरि नगरपालिका-२ मसिनेमा आउने छैन बत्ति !
थानकोट ।
धादिङको धुनिवेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छि गाउँपालिका र काठमाडाैं चन्द्रागिरिका विभिन्न क्षेत्रमा आज बिहिबार विद्युत अवरुद्द हुने भएको छ ।
मातातिर्थ-नौबिसे ३३ केभि प्रसारण लाईन सटडाउन गरि काम गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्र धार्के प्रशााखाले सुचना जारी गरी जानकारी गराएको छ ।
धार्के प्रशााखाका अनुसार धुनिवेशी नगरपालिकाको वडा नम्बर ३ देखी ९ सम्म, थाक्रे गाउँपालिकाको वडा नम्बर १ देखी १० सम्म, गल्छी गाउँपालिकाको वडा नम्बर ८ र चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ स्थित मसिनेमा बिहान ११ बजे देखी दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।
निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समय अगावै लाईन सुचारु हुने धार्के प्रशााखाले सुचना मार्फत जानकारी दिएको छ ।












