सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो
थानकोट ।
कारोबार हुने साताको छैटाैं दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलामा एक लाख नौ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार उक्त सुन तोलामा एक लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा एक लाख नौ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । यस दिन चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














