आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Thankot Times

थानकोट ।

संघीय संसद्को बैठक आज बस्दैछ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । 

आजको प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशाेधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८०  पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

सो राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशाेधनहरुलाई निणयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

35566


Leave a Reply

Your email address will not be published. Required fields are marked *