विश्वकप छनोटः साताैं स्थानको प्ले अफमा यूएईविरुद्ध नेपाललाई १८१ रनको लक्ष्य

Thankot Times

थानकोट ।

विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा आइतबार नेपाल र यूएईले प्रतिस्पर्धा गरिरहेका छन् ।

जिम्बाब्वेमा नेपालले टस जितेर यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो ।

पहिला बलिङ गर्ने कप्तान रोहित पौडेलको निर्णय सही सावित गर्दै नेपाली बलरले यूएईलाई १८१ रनमै अलआउट गरेका छन् । 

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले तीन तीन विकेट लिए भने गुल्सन झा, प्रतिश जिसी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । केही समयपछि अब नेपालले १८२ रनको लक्ष्य पछ्याउन ब्याटिङ गर्नेछ । 

नेपालले यो खल जिते प्रतियोगिताको सातौँ स्थानमा लागि आयरल्यान्डसँग खेल्नेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *