नारायणगढ-मुग्लिन सडकमा लगातार पहिरो झरेपछि थानकोटमा कसरी आइपुग्दैछ डिजेल पेट्रोल !
थानकोट ।
वर्षा लागेसँगै ठाउँ ठाउँका मुख्य सडक पहिरोका कारण हरेक दिनजसो अवरुद्ध हुन थालेपछि नेपाल आयल निगमले काठमाडौं केन्द्रित वितरण प्रभावित हुन नदिन पहल थालेको छ ।
निगमको बागमती प्रादेशिक कार्यालय थानकोटका अनुसार इन्धन भरेको ट्यांकरहरु बाटोमा फसेपछि विकल्पमा काम थालिएको छ ।
हाललाई डिजेल, पेट्रोल र हवाइ इन्धनको मौज्दात ९ देखि ११ दिनलाई पुग्ने मात्रामा भए पनि आपूर्ति व्यवस्था खलबलिन नदिन खाली ट्यांकर रि-रुट गरिएको छ ।
थानकोट प्रादेशिक कार्यालयका प्रमुख शैलेन्द्र भुसालका अनुसार कार्यलय र मातहतका पम्पहरुमा अहिले पनि पर्याप्त मात्रामा इन्धन छ । तर, पहिरो अनिश्चित भएका कारण खाली ट्यांकरहरु त्रिभुवन राजपथ भएर हेटौंडा हुँदै अमलेखगञ्ज पठाउन थालिएको उनले बताए ।
तस्बिरः विनोद श्रेष्ठ














