एसीसी मेन्स यू १६- इस्टर्न जोन कपको सेमीफाइनलः नेपालले सिंगापुरलाई दियो १८३ रनको लक्ष्य
थानकोट ।
मलेसियामा जारी एसिसी इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध नेपालले १८३ रनको चुनाैती पेश गरेको छ ।
नेपालले पूरा ३५ ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १८३ रन बनाएको हो ।
स्थानीय मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि सूर्यंशु कोइरालाले ४३ तथा निरज कुमार यादवले ४२ रन बनाए । कप्तान अभिषेक तिवारीले २५ रनको योगदान दिँदा सन्तोष यादवले १८ बनाए ।













