बागमती प्रदेशसभा: प्रतिपक्षीको अवरोध हट्यो, बजेटमाथिको छलफल सुरु
थानकोट ।
बागमती प्रदेशसभामा प्रतिपक्षी दलहरूको अवरोध हटेको छ ।
निरन्तर रूपमा प्रतिपक्ष दलहरूको अवरोधका कारण बस्न नसकेको प्रदेशसभा बैठक सोमबार दिउँसो २ बजे सञ्चालन भएको हो ।
बजेटमा रहेका कमीकमजोरी सुधार गरेर समावेशी र न्यायोचित रूपमा कार्यक्रहरु समावेश गर्ने सरकारको प्रतिबद्धतासँगै प्रतिपक्षी दलहरूको अवरोध हटाएका हुन् । असार १२ गतेदेखि प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित प्रतिपक्षी दल राप्रपाले अवरोध गर्दै आएका थिए । एमाले र राप्रपाका सांसदहरुको निरन्तर अवरोधका कारण प्रदेशसभाको बैठक पटक पटक आह्वान हुँदै अवरुद्ध बन्दै आएको थियो ।
सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठकमा पनि प्रतिपक्षी दलहरूले अवरोध गर्ने भएपछि बस्न सकिएको थिएन ।
बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालय हेटौँडाले सूचना टाँस गरेर दिउँसो २ बजेका लागि पुनः आह्वान गरिएको थियो । उक्त बैठकअघि बसेको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच सहमति भएसँगै सदन सुचारु भएको हो ।
बैठकमा प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि छलफल प्रारम्भ भएको छ













