यसकारण चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरूद्ध, सुचारू हुन अझै समय लाग्ने
थानकोट ।
पछिल्लो १ घण्टादेखी चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा विद्युत सेवा अवरूद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार चन्द्रागिरि नगरपालिका १० सतुगंलस्थित सिजी पार्क नजिक ट्रान्सफर्मर पड्कँदा नगर क्षेत्रमा विद्युत सेवा बन्द भएको हो ।
सो स्थानमा मर्मतको कार्य जारी रहेकोले विद्युत सेवा सुचारू अझै केही घण्टा लाग्ने अनुमान गरिएको प्राधिकरण स्रोतले जानकारी दियो ।












