गगनलाई बालेनले व्यंग्य- ‘सबैतिर कांग्रेसका भ्रातृ संगठन छैनन्’

Thankot Times

थानकोट।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति व्यंग्य गरेका छन्। मंगलबार एक स्टाटस लेख्दै बालेनले थापालाई आफूले भनेको कुरा पूरा गर्न चुनौती दिएका छन् ।

महामन्त्री थापाले सोमबार एउटा कार्यक्रममा राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भनेका थिए । उक्त कुरालाई व्यंग्य गर्दै बालेनले लेखेका छन्, ‘माननीय गगन थापाज्यू, दलको हिजो एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नु भयो । नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भनेपछि, काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भ्रातृ संगठन नभएको घोषणा गर्दछौँ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *