राष्ट्रिय सभाको बैठक बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

नेकपा (एमाले)को अवरोधपछि स्थगित भएको बैठक आज दिउँसो १ः०१ बजेका लागि बोलाइएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेपछि बुधबारको बैठक बस्न सकेको थिएन ।

प्रतिनिधिसभाको बैठक पनि एमाले सांसद्हरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि अवरुद्ध भएको थियो । प्रतिनिधिसभाको बैठक शुक्रबारका लागि बोलाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *