अब भालेश्वर महादेवमा पनि हरेक सोमबार विशेष आरती, आरती हेर्न २ सय रूपैयाँमा केबलकार टिकट

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका ०४ थानकोटस्थित चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरमा पनि आरती गरिने भएको छ ।
हरेक सोमबार साँझ विशेष आरती हुने चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले जनाएको छ ।

दिनभरिको थकान, तनाव, कोलाहलबाट केही समय पनि एकचित्तरुपमा आत्मशान्तिको लागिसमेत आरतीमा धार्मिक पर्यटनको आकर्षण बढ्ने अपेक्षा लिएको चन्द्रागिरि हिल्सले जनाएको छ । 

विशेष आरतीको लागि चन्द्रागिरि केबलबारले सोमबार साँझ ५ देखी ९ बजेसम्म प्रतिव्यक्ति २ सय रूपैयाँमा टिकट उपलब्ध गराउने बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *