समाजवादी मोर्चाको प्रथम बैठक: चार सदस्यीय कार्यदल गठन, ६-६ महिना अध्यक्ष परिवर्तन

Thankot Times

थानकोट ।

समाजवादी मोर्चा नेपालको प्रथम बैठकले चार सदस्यीय कार्यदल गठन गरेको छ।

शनिबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठक चार सदस्यीय कार्यदल गठन गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

कार्यदलमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा सदस्य छन्।

कार्यदलले मोर्चाको नीति र आचारसंहिता तय गर्ने उपाध्यक्ष पाण्डेले बताए।

मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए।

मोर्चाको अध्यक्षमा ६-६ महिनामा परिवर्तन गर्नेबारे पनि छलफल भएको उपाध्यक्ष पाण्डेले बताए। कसले कहिले अध्यक्षता गर्ने भन्ने विषयमा असार २७ गते बस्ने बैठकले टुंगो लगाउने तयारी छ।

त्यसैगरी मोर्चाबारे जानकारी दिन सात वटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय भएको छ। मिति भने अर्को बैठकबाट टुंगो लगाउने मोर्चाको तयारी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *