सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

गत शुक्रबार छापावाल सुन तोलामा एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदी आज प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *