श्रावण १ गते थानकोटमा झदिखः (रोपाईँ पर्व) मनाइने
थानकोट ।
आगामी साउन १ गते सोमबार चन्द्रागिरि नगरपालिका ३ र ४ थानकोटमा झदिखः (रोपाईँ पर्व) मनाइने भएको छ ।
बिहीबार ती वडा कार्यालयहरूले सूचना जारी गरी पराम्परागत झदिखः (रोपाईँ पर्व) हर्षोल्लासका साथ मनाउन समस्त वडाबासीहरूमा अनुरोध समेत गरेका छन् ।
सो दिन चन्द्रागिरि नगरपालिका ३ थानकोटको वडा कार्यालय भने बन्द रहने वडाध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिनुभयो ।
झदिखः हरेक वर्षामासमा रोपाईं सम्पन्न भएपछि आराम गर्ने पर्वका रूपमा मनाउने गरिन्छ।














