गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सः शीर्ष ९ मा थानकोटका राजु तामाङ, सबैले भोट दिन पाइने
थानकोट ।
नेपालको पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ रोचक मोडमा पुगेको छ । अर्को साता यो शोबाट १ जना प्रतिस्पर्धी बाहिरिँदा अन्तिम ८ को टुंगो लाग्नेछ ।
इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गरेको शो टप ९ को अवस्थामा छ । जसबाट अन्तिम ८ को चयनमा दर्शक स्रोताले समेत भूमिका खेल्न सक्ने जनाइएको छ ।
मन पर्ने प्रतियोगिलाई बुधबारदेखी आइतबार दिउँसो २ बजेसम्म भोट दिन सकिने बताइएको छ ।
‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउनेछन्। फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्। उक्त पुरस्कार राशी नेपालमै अहिलेसम्मकै ठूलो भएको आयोजकले दाबी गरेका छन्।
यसैबीच ‘मेरो भ्वाइस युनिभर्स’ थानकोटका राजु तामाङले पनि अन्तिम ९ को यात्रा गर्न सफल भएका छन् ।
तामाङले सामाजिक सञ्जालबाट आफ्ना शुभेच्छुकहरूसँग भोट गरिदिन अनुरोध समेत गरेका छन् ।












