श्रमिकको ज्याला वृद्धि गर्न माग गर्दै काठमाडाैंमा ट्रेड युनियन कांग्रेसको प्रदर्शन
थानकोट ।
नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।
आइतबार काठमाडौंको माइतीघरमा भेला भई सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल ट्रेड युनियन कांग्रेसले दबाबमुलक प्रदर्शन गरेको हो ।
हरेक दुई वर्षमा श्रमीकहरूको पारिश्रमिक बढाइने र सोहीअनुसार काम अहिले अघि बढिरहे पनि सरकारलाई खबरदारी गर्न दबाबमुलक कार्यक्रम गरेको नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए ।
उनले यो कार्यक्रममा एक हप्ता यता निरन्तर चलिरहेको उल्लेख गरे ।
उनले सरकारलाई श्रमिकहरूको न्यूनतम पारिश्रमिक कम्तीमा २५ हजार बनाउनका लागि स्थानीय तह र प्रदेश सरकारमा ज्ञापन पत्र बुझाइसकिएको र आज केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउने बताए ।
तस्बिरः विकास बखती













