इन्धनको मूल्य घट्ने सूचना बाहिरिएपछि थानकोट डिपोमा हंगामा !
थानकोट ।
नेपाल आयल निगमलाई हवाला दिंदै खाना पकाउने ग्याँसदेखि डिजेल, पेट्रोल र मटीतेलको मूल्य घट्ने समाचार आइतबार बिहानै बाहिरिए पछि त्यसको असर निगमकै बिक्रीमा परेको छ ।
जसका कारण निगमलाई झण्डै ६५ करोड रुपैयाँ हाराहारी क्षति पुग्ने अनुमान गरिएको छ ।
शनिबार र आइतबार दुई दिन डिपो खुल्ला राख्दा पनि जम्मा डिजेल र पेट्रोलको कुल बिक्री ११ लाख ७६ हजार लिटर मात्रै छ । गत साता आइतबार थानकोटको डिजेल र पेट्रोलको बिक्री १५ लाख ९२ हजार लिटर थियो । आइतबार मध्यान्ह १२ बजेसम्म थानकोट डिपोले प्रदेशभरका लागि ४ लाख ६३ हजार लिटर डिजेल बिक्री गरेको छ ।
जुन अघिल्लो साताको तुलनामा २ लाख ३५ हजार लिटरले कम हो ।
यस्तै, कुल ७ लाख १३ हजार लिटर पेट्रोल आइतबार मध्यन्हसम्म डिपोले बिक्री गरेको छ ।
जुन गत साताको आइतबारको बिक्रीको तुलनामा एक लाख ८१ हजार लिटरले कम हो । ८ लाख ९४ हजार लिटर पेट्रोल २४ गते आइतबार बिक्री भएको थियो । कम बिक्रीका कारण डिजेलमा निगमलाई ३४ करोड ६६ लाख र पेट्रोलमा ३० करोड ३१ लाख रुपैयाँ गरी ६४ करोड ९७ लाख घाटा भएको छ ।
डिजेलको मूल्य लिटरमा १० रुपैयाँसम्म घट्छ भन्ने सुनिएको छ,’ एक पम्प व्यवसायीले भने, ‘एक ट्यांकर मै २ लाख रुपैयाँ नोक्सान हुन्छ किन तेल किन्ने ? तीन वर्ष अघि निगमले सुटुक्क लिटरमै १० रुपैयाँसम्मले मूल्य घटाउँदा पम्पहरुले १० लाख रुपैयाँसम्म क्षति व्यहोरोको ति व्यवसायीले बताए ।
थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालले बर्खाका कारण डिजेल र पेट्रोलको बिक्री घटेको दाबी गरे । ‘इन्धनको खपत नियामित घट्दै गएको छ, यसमा सूचना चुहिएर खरिद भएन भन्न हुन्न,’ उनले भने । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आइतबार मध्यन्हसम्म स्वाचालित मूल्य र यसका कारण मूल्य घट्नेबारे कुनै निर्णय नै नभएको बताए । आयल निगमले सूचना नचुहिएको दाबी गरेको छ ।














