मच्छेगाउँमा दर्शन बायो टेक नर्सरी सञ्चालनमा
थानकोट ।
चन्द्रागिरि नगरपालिका- ९ मच्छेगाउँमा दर्शन बायो टेक नर्सरी सञ्चालनमा आएको छ।
मोविल्याण्ड ग्रुप अफ कम्पनीले सोमबारबाट सो नर्सरी सञ्चालनमा ल्याएको हो ।नेपालमै विभिन्न प्रजातिका बोट-विरुवा उत्पादन गर्दै आइरहेको दर्शन बायो टेक नर्सरीले सोमबार एक औपचारिक कार्यक्रम गरी आफ्नो सेवा मच्छेगाउँबाट सुरु गरेको हो ।
सो औपचारिक कार्यक्रमको आयोजना गर्दै ग्रुपका अध्यक्ष दिनेश दर्शनधारीले नर्सरी नेपालकै नमुना हुने बताए । उनले विदेशबाट महंगोमा आयत गर्ने परम्पराको अन्त्य गर्न नेपालमै बिरुवा उत्पादन तथा वितरणको सुरुवात गरिएको बताए । मुख्यगरि बारा र मोरङमा विरुवा उत्पादन गर्दै आएको सो समुहले चन्द्रागिरि नगरपालिकामा उत्पादन र बिक्रीकेन्द्र दुवै सञ्चालनमा ल्याएको हो ।
नर्सरीमा घर, कार्यालय तथा व्यवसायिक क्षेत्रमा सजावटका लागि सबै खालका बिरूवाहरू उपलब्ध हुने नर्सरीका निर्देशक दर्शनधारीले जानकारी दिए । नर्सरीले नै ढुवानी र सजावट गरिदिने व्यवस्था समेत उपब्ध गराउने बताइएको छ।
तस्बिरः विजनेश दर्शन












