चन्द्रागिरि नगरको आर्थिक ऐन, २०८०ः केबुलकारले प्रतिटिकट ३% मनोरञ्जन कर तिर्नुपर्ने, अनलाइन नविकरणका लागि १ हजार रूपैयाँ
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष अन्तर्गत आजबाट राजश्व संकलनको कार्य सुरू गरेको छ । चन्द्रागिरि नगरमा चालु आर्थिक वर्षको सुरूको तीन दिन सफ्टवेयर स्तरोन्नति एवं व्यवस्थापनका लागि राजश्व संकलन स्थगित गरिएको थियो ।
चन्द्रागिरि नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८० पनि आज नै सार्वजनिक गरेको छ ।
सो ऐनमा टेकेर चालु आर्थिक वर्षभर नगरले राजश्व संकलन लगायतका कार्य गर्नेछ ।
उक्त ऐनका अनुसार चन्द्रागिरि नगरपालिकालाई नगरको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका केबुलकारले प्रति टिकट रकमको ३ प्रतिशत मनोरञ्जन कर तिर्नुपर्नेछ । यसैगरी नगरक्षेत्रमा सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यमहरूले नविकरण शुल्क बापत १ हजार रूपैयाँ तिर्नुपर्नेछ ।
यसैगरी साना किराना पसलले ५ सय रूपैयाँ वार्षिक कर बुझाउनुपर्ने सो ऐनमा उल्लेख छ । फुटसल सञ्चालकले फुटसलको प्रकृति हेरेर २५ सय देखी ४ हजारसम्म कर तिर्नुपर्नेछ ।
चन्द्रागिरि नगरपालिकाको अर्थ सम्वन्धी प्रस्तावलाइ कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८० पढ्नुहोसः














