सुन चाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ३००, तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० र चाँदीको मूल्य तोलामा एक हजार ४६५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल एक लाख १२ हजार ८००, तेजावी एक लाख १२ हजार २५० रुपैयाँ र चाँदी १४ सय ८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *