हो नेपालमा सियो बन्दैन्, यी पाँच देशबाट हुन्छ आयात, एक वर्षमा २ करोड ७१ लाखको सियो आयात
थानकोट ।
नेपालले पछिल्लो एक वर्षको अवधिमा दुई करोड ७१ लाख ९७ हजार रुपैयाँको कपडा सिलाउने सियो विभिन्न देशबाट आयात गरेको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले उक्त रकम बराबरको सियो आयात गरेको हो ।
२०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा नेपालले उक्त रकममा ६ करोड ६४ लाख ४८ हजार ६१२ थान सियो आयात गरेको विभागले जनाएको छ ।
चीन, भारत, इन्डोनेसिया, दक्षिण कोरिया, ताइवान र अमेरिकाबाट नेपालले कपडा सिलाउने सियो आयात गर्ने गरेको छ ।
गत आर्थिक वर्षमा चीनबाट मात्र नेपालले दुई करोड ५२ लाख ४४ हजार रुपैयाँको सियो आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले दुई करोड १५ लाख ९३ हजार रुपैयाँको सियो आयात गरेको थियो । उ
क्त रकममा तीन करोड ७३ हजार २३२ थान सियो नेपाल भित्रिएको थियो ।














