नागढुङ्गा सुरुङ मार्गको ९० प्रतिशत निर्माण कार्य पूरा, इकुभेसन सुरूङ खन्न अब ३९ मिटर बाँकी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१ दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ ।

मुख्य सुरूङ मार्गको कुल २ हजार ६ सय ८८ मिटर मध्ये २१७२.८० मिटर सुरूङ खनिसकिएको आयोजनाले जनाएको छ ।

यसैगरी इकुभेसन सुरूङ मार्ग भने ३९ मिटर मात्रै खन्न बाँकी रहेको छ ।

जसको कुल लम्बाइ २५५७ मिटर रहेकोमा हिजो सोमबारसम्म २५१८.८० मिटर सुरूङ खनिसकिएको छ।

यसैगरी सुरूङ मार्गको अन्डरपास सबै ३ वटै निर्माण भइसकेको आयोजनाले जनाएको छ।

यस्तै बक्स कलभर्ट ४ मध्ये ४ वटै निर्माण सम्पन्न भएको छ । एउटा ओभर पास, ३ वटा पुलसमेत निर्माण सम्पन्न भएको नागढुंगा सुरूङ मार्ग आयोजनाले जनाएको छ।
यसैगरी फ्लाइओभरको काम भने जारी रहेको आयोजनाले जनाएको छ ।

सो का लागि ९५ प्रतिशत जग्गा अधिग्रहण भएको र ५ मध्ये ३ वटाको जग राख्ने कार्य सकिएको छ । यो साउन ८ गतेसम्मको अपडेट भएको समेत आयोजनाले जनाएको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *