चन्द्रागिरि उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सदस्यमा मनोनित
थानकोट ।
नेपाली उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सदस्यमा चन्द्रागिरि उद्योग वाणिज्य संघ मनोनित भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिबी बस्नेत नेतृत्वको महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको पदेन सदस्यमा चन्द्रागिरि उद्योग वाणिज्य संघलाई मनोनित गरेका हुन् ।
चन्द्रागिरि उद्योग वाणिज्य संघको नेतृत्व कृष्णभक्त श्रेष्ठले गरिरहेका छन् ।
फाइल फोटो














