उच्च उत्पादनका कारण जिउँदो ब्रोइलर कुखुराको भाउ घट्ने क्रम जारी

Thankot Times

थानकोट ।

नेपालमा जिउँदो ब्रोइलर कुखुराको प्रतिकेजी मूल्य ६० रुपैयाँसम्म घटेको छ ।

गत २५ असारदेखि घट्न सुरु भएको कुखुराको बिक्री मूल्य ३१० रुपैयाँबाट घटेर २५० रुपैयाँ कायम भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार बिहीबारदेखि लागू हुनेगरी किलोमा १० रुपैयाँले मूल्य घटेसँगै जिउँदो कुखुराको प्रतिकेजी मूल्य २५० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार मात्रै कुखुराको मासुको मूल्य किलोमा १० रुपैयाँले घटेर २६० रुपैयाँ कायम भएको थियो ।

उच्च उत्पादनका कारण कुखराको बिक्री मूल्य घटेको संघले जनाएको छ ।

जिउँदो कुखुराको बिक्री मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घट्ने संघले जनाएको छ । अहिले बजारमा ३८० रुपैयाँसम्ममा कुखुराको तयारी मासु बिक्री वितरण भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *