अप्पर लोहोरे खोलाको आईपीओ आजदेखि बिक्री खुला, साउन २२ गतेसम्म आवेदन पेश गर्न पाइने

Thankot Times

थानकोट ।

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (साउन १८ गते)देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ ।

कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारीका लागि र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ । स्थानीयमा वितरण हुन नसकेको सेयरसमेत थप गरी सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपीओको बिक्री अवधि साउन २२ गतेसम्मका लागि तोकिएको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा साउन ३२ गतेसम्म बिक्री अवधि लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ ।

प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *