राष्ट्रिय सहकारी बैंकको २१औं स्थापना दिवस: उत्कृष्ठ कारोबार गरेका चन्द्रागिरि र परिश्रमी सम्मानित
थानकोट ।
सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंक स्थापनाको २१औं वर्षमा प्रवेश गरेको छ ।
वि.सं. २०६० असार २५ गते दर्ता भइ २०६० साउन १९ गतेबाट कारोबार शुरु गरेको बैंकले स्थापना दिवसको अवसरमा विभिन्न शाखाहरूमा विविध कार्यक्रम आयोजना गरेको छ ।
यसैबीच राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न शाखाबाट कारोबार गरेको आधारमा सहकारी संस्थहरूलाई सम्मानित गरेको छ ।
बैंकको कलंकी शाखाले आ.व. २०७८।०७९ मा बैंकको शो शाखाबाट गरेको कारोबारको आधारमा उत्कृष्ट कारोबार विधाबाट चन्द्रागिरि नगरपालिका ०७ थानकोट चेकपोष्टस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मानित गरेको छ ।
यसैगरी बैंकको बलम्बु शाखाले आ.व. २०७८।०७९ मा बैंकको शो शाखाबाट गरेको कारोबारको आधारमा उत्कृष्ट कारोबार विधाबाट चन्द्रागिरि नगरपालिका ०३ थानकोटस्थित परिश्रमी साकोसलाई सम्मानित गरेको छ ।
हाल देशका विभिन्न स्थानमा ६८ वटा शाखा र एउटा कर्पोरेट कार्यालय रहेको राष्ट्रिय सहकारी बैंकमा ७७ वटै जिल्लाका १६ हजार ६० सहकारी संघसंस्था सदस्य छन् ।












