१ वर्षभन्दा बढी विदेशमा काम गरेर  फर्किने श्रमिकले एउटा टेलिभिजन ल्याउँदा भन्सार नलाग्ने

Thankot Times

थानकोट ।

श्रम स्वीकृति लिएर एक वर्षभन्दा बढी वैदेशिक रोजगारीमा काम गरेर  फर्किने श्रमिकले ल्याउने एउटा टेलिभिजनमा भन्सार छुट पाउने भएका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले झिटीगुन्टा सुविधा अन्तरगत पाउने भन्सार छुटलाई प्रस्ट बनाउँदै सामाजिक सुरक्षा कोषमा आवद्ध वैदेशिक रोजगारीमा रहेका श्रमिकले जुनसुकै साइज र मूल्यका एउटा टेलिभिजनमा छुट पाउने बताएको छ ।

‘श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेका र सामाजिक सुरक्षा कोषमा समेत सूचीकृत भएका श्रमिकले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार छुट पाउनेछन्,’ विमानस्थल भन्सार कार्यालयको सूचनामा भनिएको छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *