गाडीको सिटमा बसेर यात्रा गरिरहेका २२ वर्षीय महेश किन नागढुंगा नाकामा समातिए !

Thankot Times

थानकोट । 

संघीय राजधानी काठमाडाैं भित्रने प्रमुख सडक नाका चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ मिलिग्रामसहित एक युवा पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा झापा दमक नगरपालिका-१० बस्ने २२ वर्षीय महेश धिमाल रहेको प्रहरी जनाएको छ। 

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००१ख ५५३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई शुक्रबार उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *