चन्द्रागिरि- ०६ मातातीर्थ उद्यानमा रोपिए करिब ३ सय बिरूवा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ०६ मातातीर्थमा शनिबार बृहत वृक्षारोपण सम्पन्न भएको छ । 

चन्द्रागिरि नगरपालिका वडा नं. ६ को आयोजनामा भएको सो वृक्षारोपण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रमा आलेमगर, विन्दु श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, सो वडाका वडाध्यक्ष सन्जय सिग्देलसहित अन्य जनप्रनितिनिधिहरू, स्थानीय संघसंस्थाका प्रतिनिधिहरू लगायत स्थानीय बासीहरूको उत्साहजनक सहभागिता रहेको थियो । 

इलाका वन कार्यालयले उपलब्ध गराएका अम्बा, कल्की, एबोगाडो, कपुर, धुपीलगायतका विभिन्न जातका करिब तीन सय वटा बिरुवा मातातीर्थ कुण्डको पश्चिमतर्फ निर्माणधीन उद्यानमा रोपिएको वडाध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।

सबै तस्बिरः सामाजिक सञ्जालबाट । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *