सोमबार दिउँसो नागढुंगा सुरूङ मार्गको पहिलो सुरूङ छेडिने, सो हेर्न मन्त्री ज्वाला नागढुंगा आउने
थानकोट ।
निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ ।
वि.सं. २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको सुरुङमार्गको रेस्क्यू टनेलको निर्माण सोमबारदेखि सकिने भएको हो । आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको बताइएको छ सुरूङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।
सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आएपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले जानकारी दिए ।
२.६ किलोमिटर लामो नागढुंगा-सिस्नेखोला सुरुङमार्गको रेस्क्यु टनेलसँगै मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।
२.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलमा भने ५०६ मिटर खन्न बाँकी रहेको छ ।












