चन्द्रागिरि नगरको नियमन क्षेत्रमा डेढ सय सहकारी, कुनै वडामा २ सहकारी कुनैमा २२ वटा
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगरको नियमन क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूको सूची सार्वजनिक गरेको छ ।
सार्वजनिक भएको सो सूची अनुसार चन्द्रागिरि नगरमा विभिन्न प्रकृतिका १४६ वटा सहकारी नगरपालिकाको नियमन क्षेत्रमा रहेको बताइएको छ ।
केही सहकारी संस्थाहरू भने प्रदेश तथा संघको नियमन क्षेत्रमा रहेका छन् ।
नगरको वेभसाइटमा राखिएको विवरण अनुसार चन्द्रागिरि नगरका सबै वडाहरूमा सहकारीहरू दर्ता भएका छन् ।
जसअनुसार नगरको नियमन क्षेत्रमा सबैभन्दा धेरै सहकारी चन्द्रागिरि १२ बलम्बुमा रहेको पाइएको छ । जहाँ २२ वटा सहकारीहरू छन् । यसैगरी सबैभन्दा कम सहकारी वडा नं. १३ र ६ मा दर्ता भएका छन् । जहाँका २-२ वटा सहकारी नगरको नियमन क्षेत्रभित्र रहेका छन् । नगरमा बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि सहकारी लगायतका सहकारीहरू सञ्चालनमा रहेका छन् । जसमध्ये अधिकांश (करिब ८० वटा) सहकारी बचत तथा ऋण प्रकृतिका रहेका छन् । नगरमा करिब ४ दर्जन संख्या हाराहारीमा बहुउद्देश्यीय सहकारी दर्ता रहेका छन् ।
यो संख्या चन्द्रागिरि नगरको नियमन क्षेत्र अन्तर्गत पर्ने सहकारीको भएकोले नगरमा मुख्य तथा शाखा कार्यालय स्थापना गरी सञ्चालनमा रहेका सहकारीहरूको संख्या अझ बढी रहेको बुझ्न सकिन्छ ।
चन्द्रागिरि नगरपालिकामा रहेका नगरको नियमन क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूः















