एक वर्षमा १ अर्ब बढीको सीसाकलम आयात, सेल्फीस्टिक किन्दा ६८ लाख रूपैयाँ बाहिरियो
थानकोट ।
विवरण अनुसार गत आर्थिक वर्षमा एक अर्बभन्दा बढीको पेन, पेन्सिल, मार्कर तथा यसका वस्तु आयात भएका छन्। गत आवमा ५७ करोड ७६ लाख ९८ हजारको बलपेन आयात भएको छ। त्यस्तै १४ करोड ३८ लाख भन्दा बढिको पेन तथा मार्कर आयात भएको छ। विभागका अनुसार गत आवमा ५४ करोड ५१ लाखभन्दा बढीको पेन्सिल तथा पेन्सिलको लिड आयात भएका छन्। गत आवमा एक करोड ७२ लाकको पेनका निब, तीन करोड ७२ लाखका पेनको रिफिल तथा मसी आयात भएको तथ्याङ्क छ।
विभागका अनुसार मोबाइलबाट फोटो खिच्न प्रयोग हुने विशेष प्रकारको लठ्ठी (सेल्फी स्टिक)को आयातमा ६८ लाख ४४ हजार खर्च भएको छ भने रु. दुई करोड ५५ लाख २६ हजार बराबरको ट्राइपड आयात भएको छ।
गत आवमा ५२ करोडभन्दा बढीको पकेट लाइटर आयात भएको छ। त्यसमा ४६ करोड ७२ लाख १५ हजारको पुनः ग्यास भर्न नमिल्ने, एक करोड २३ लाख ९८ हजारको ग्यास भर्न मिल्ने तथा अन्य लाइटर ५१ लाख ५५ हजारको आयात भएको देखिन्छ।












