सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ घटेको हो ।

आज छापावाल सुन तोलामा एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
चाँदी पनि तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *