वैदेशिक रोजगार विभागको अनलाइन सेवा सञ्चालन आउन अझै तीन दिन लाग्ने

Thankot Times

थानकोट । 

वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउने अझै तीन दिन लाग्ने भएको छ ।

विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै मंगलबारदेखि सेवा अवरुद्ध रहेको छ ।

सर्भरको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्न समय लागेकाले सर्भरमा फाइल माइग्रेट नभएसम्म सेवा अवरुद्ध नै रहने विभागका महानिर्देशक मदन दाहालले बताए । 

बुधबार पत्रकारहरूसँगको छलफल कार्यक्रममा उनले सर्भरमा डेटा ट्रान्सफरको काम नसकिएकाले अनलाइन सेवा चल्न अझै तीन दिन लाग्न सक्ने बताएका हुन् ।

उनले वैदेशिक रोजगारी सम्बन्धी सेवा सहज बनाउने काममा सिस्टम बाधक भएको पनि बताए ।

उनले सर्भर २०६४ सालको नै भएकाले समस्या आएको बताए ।

एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुदाँ अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *