सुनचाँदीको मूल्य स्थिर

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदी गत कारोबार दिनकै मूल्यमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *