सुनको भाउ स्थिर, चाँदीको बढ्यो
थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने बढेको छ ।
चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














