इन्धनको मूल्य वृद्धिः पेट्रोलमा ५ र डिजेलमा १४ रुपैयाँ बढ्यो
थानकोट ।
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
नयाँ तोकिएको मूल्य बुधबार बिहान १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।















