यस्ता फेसबुक एकाउन्ट बन्द गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्देशन

Thankot Times

थानकोट । 

 नेकपा एमालेले सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरुबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको ठहर गरेको छ । 

शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपानि ८ जारी गर्दै यसले पार्टी पंक्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको उल्लेख गरेका छन् ।  

सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *