थानकोटसहित २३ स्थानमा शाखा तथा उप शाखाका लागि प्रभु महालक्ष्मी लाइफले खोज्यो घर,फ्ल्याट
थानकोट ।
नीजि क्षेत्रको बीमा कम्पनी प्रभु महालक्ष्मी लाइफले विभिन्न स्थानमा शाखा तथा उपशाखा विस्तार गर्ने भएको छ ।
थानकोटसहित देशका विभिन्न २३ स्थानमा शाखा तथा उपशाखा विस्तारका लागि कम्पनीले घर, फ्ल्याट भाडामा खोजेको हो ।
साबिक प्रभु लाइफ र साबिक महालक्ष्मी लाइफ एक आपसमा मर्ज भएपछि विभिन्न शाखा तथा उप शाखा कार्यालयहरु स्थानान्तरण, स्तरोन्नती हुने क्रममा रहेका छन् ।
कम्पनीले विभिन्न स्थानमा रहेका कार्यालय प्रयोजनका लागि घर फ्ल्याट आवश्यक रहेको हुनाले ईच्छुक घरधनीले लिखित कागजात सहित प्रधान कर्यालय, प्रशासन तथा सामान्य सेवा विभाग कमलादीमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेश गर्न आव्हान गरेको छ ।
कम्पनीले उपत्यकाभित्रका कुपण्डोल, इमाडोल, लोकन्थली, कौशलटार, कमलादी, नक्साल, थानकोट, टेकु, त्रिपुरेश्वर, महाराजगञ्ज, बालाजू, शंखमुलका लागि घर भाडामा खोजेको हो भने उपत्यका बाहिर वीरगञ्ज, जनकपुर, टाँडी, कुस्मा, बाग्लुङ, बुटवल, लमही, पाल्पा, सुर्खेत, अत्तरीया, डडेलधुराका लागि घर भाडामा खोजेको हो ।
घरधनीहरुले जग्गाधनी प्रमाणपत्र, लालपुर्जाको प्रतिलिपी १, घरधनीको नागरिकताको प्रतिलिपी १, हालसालै मालपोतमा बुझाएको रसिदको प्रतिलिपी १, घरको निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपी, घरधनीको बैंक खाता विवरण, घरधनीको प्यान कार्डको प्रतिलिपी १ गरी कम्पनीमा निवेदन दिनुपर्नेछ ।
सूचना हेर्नुहोस्















