मत्स्यनारायण पोखरीमा भटाभट माछा मर्न थालेपछि….
थानकोट ।
पुरुषोत्तम मास मेला सकिएसँगै मत्स्यनारायणस्थित पोखरीमा माछा मर्न थालेका छन् ।
१ महिने मेलाका क्रममा श्रद्धालुहरूले चढाएका चामल, मालपुवा लगायतका वस्तु कुहिन थालेपछि माछासमेत मर्न थालेका हुन् । पानीमा तेलसमेत तैरन थालेको छ ।
पोखरीमा माछा मरेर दुर्गन्ध समेत फैलन थालेपछि वडा कार्यालयले सोमबार पोखरी सफाइ गर्ने भएको छ ।
मच्छेगाउँसँगै सीमा जोडिएको कीर्तिपुर नगरको टाैदहमा गतसाता परेको भीषण वर्षापछि टौदह वरिपरिको ढल पोखरीमा छिर्दा माछाहरु मरेका थिए ।
तस्बिहरूः श्यामकाजी मानन्धर














