३ महिने अभियानका लागि बागमतीमा माओवादी केन्द्रको कार्यविभाजन, चन्द्रागिरि नगरको जिम्मा कस-कसलाई ?

थानकोट ।

सत्तारूढ नेकपा माओवादी केन्द्र बागमती प्रदेशले केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी टुङ्ग्याएको छ ।

भदौ १ गते बसेको बैठकले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि नेताहरूको जिम्मेवारी टुङ्ग्याएको हो । जसमा बागमतीको मुख्यमन्त्रीसमेत रहेका शालिकराम जम्कट्टेललाई १३ वटा जिल्लाको मुख्य कार्यक्रमहरूमा सहभागी हुने जिम्मा दिएको छ ।

बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल ललितपुर महानगरपालिकामा खटिने भएका छन् ।

तीन महिने अभियानका लागि चन्द्रागिरि नगरमा जमुना थापा, रमा गिरी, सानुभाइ माबुल र हिरा बहादुर महर्जनले जिम्मेवारी पाएका छन्। सो पार्टीकी काठमाडाैं जिल्ला उपाध्यक्ष रूपा महर्जन श्रेष्ठले ककनी गाउँपालिकाको जिम्मेवारी पाएकी छिन् ।

कीर्तिपुर नगरको जिम्मेवारी संजय लामाले पाएका छन् ।

कुन स्थानीय तहको जिम्मेवारी कसको काँधमा हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *