पोखरी सफा गरिएसँगै मत्स्यनारायण कुण्डमा सलबलाउन थाले माछा
थानकोट ।
एक महिने पुरुषोत्तममास मेलाका क्रममा श्रद्धालुहरूले चढाएको अक्षता, मालपुवा, फलफुल कुहिन थालेपछि मत्स्यनारायणस्थित कुण्डमा भटाभट मर्न थालेका माछाहरू हटाइएको छ।
सोमबार बिहान अत्याधिक मात्रामा माछा मरेपछि स्थानीयहरूले पोखरी सफा गरेका थिए । पोखरी सफा गरेसँगै माछा सलबलाउन थालेका छन्।
साउन २ गतेबाट ३१ गतेसम्म मत्स्यनारायणमा अधिकमास मेला लागेको थियो जहाँ बीसाैं लाख श्रद्धालुहरूले मेला भरेको मेला व्यवस्थापन समिति संयोजक एवं चन्द्रागिरि ९ का वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो ।
तस्बिरः सामाजिक सञ्जाल












