चन्द्रयान-३ को चन्द्रमा मा सफल अवतरण, प्रधानमन्त्री दाहाल प्रफुल्लित, एमाले अध्यक्ष ओली खुसी
थानकोट ।
अन्तरिक्षयान चन्द्रयान-३ सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण भएको छ ।
बुधबार भारतीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ यान चन्द्रमाको धरातलमा अवतरण भएको हो ।
भारतको यो पहिलो अन्तरिक्षयान हो, जुन पृथ्वीको उपग्रहमा अवतरण भएको छ । रुस, अमेरिका र चीनपछि भारत यो सफलता हात पार्ने चौथो देश बनेको छ ।
अवतरणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो एक अविस्मरणीय भएको बताएका छन् ।
यसैबीच चन्द्रयान-३ सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेपछि नेपालका शीर्ष नेताहरूल भारत सरकारलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत चन्द्रयान चन्द्रामाको सतहमा अवतरण गरेको खबरले प्रफुल्लित भएको लेखेका छन् । प्रधानमन्त्री दाहालको फेसबुक पोष्ट यस्तो छः
चन्द्रयान-३ चन्द्रमाको सतहमा पुगेपछि नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीले यसरी बधाई दिएका छन् ।
नेपाली नेताहरूले भारतीय अन्तरिक्षयान चन्द्रमाको सतहमा पुगेपछि दिएको बधाईका पोष्टहरूमा प्रतिक्रिया दिँदै उता चन्द्रामामा रकेट पुग्यो नेपालमा रेल कहिले आउला, नेपालमा चामल कहिले आउला लगायतका व्यङ्ग्यात्मक प्रश्न गरेका छन् ।












