सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाै दिन बिहीबार नेपाली बजारमा बहुमुल्य धातु सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा करोबार भएको छ ।

हिजो बुधबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी आज प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भएको छ ।

हिजो बुधबारको तुलनामा चाँदीको मूल्य ३५ रुपैयाँ बढेको हो । बुधबार चाँदी प्रतिताेला एक हजार ४२५ रुपैयाँमा करोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *