कीर्तिपुरमा भदाै १४ गते क्वाँति पुन्हि, भदाै १५ मा सापारू
थानकोट ।
प्राचीन नेवाः शहर कीर्तिपुरमा यो वर्ष भाद्र १५ गते गाईजात्रा (सापारु) मनाईने भएको छ ।
सापारू ग्वसाः खलः कुतुझ्वः आखाः खलः ले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो ।
विज्ञप्तीमा परम्परागत रूपमा गर्दै आएको सापारू गाइजात्रा विगत वर्षमा झैं यस वर्षपनि विवादमुक्त हुन नसकेको बताइएको छ । साथै यसपटक कीर्तिपुर डाँडामा मनाइने सापारू व्यवस्थापन गर्ने पालो कीर्तिपुर नगरपालिका ३ को कुतुझ्वः आखाः खलः को रहेको बताइएको छ ।
सतुगंलमा भदाै १३ गते गुंःपुन्हि (जनै पूर्णिमा) मनाइने, १४ गते सापारू (गाईजात्रा)
भदाै ७ गते कीर्तिपुर नेवाः द्येः दबुको आयोजनामा कीर्तिपुर सापारु खलःका प्रतिनिधि, पाँगा सापारु ग्वसाः खलःका प्रतिनिधि, ईतागोल सापारु ग्वसाः खलःका प्रतिनिधि, गुरजु प्रतिनिधिहरू लगायतको छलफल गरी भित्रेपात्रोमा प्रकाशित भए बमोजीम नै भदाै १४ गते क्वाँति पुन्हि (जनै पूर्णिमा) मान्ने, सोही दिन बेलुका बहाःबहि परिक्रमा गर्ने र भदाै १५ गते सापारु (गाई जात्रा) कार्यक्रम सञ्चालन गरिने व्यहोरा उल्लेख छ ।
विज्ञप्ती पढ्नुहोस्ः

सतुगंल बाजा तथा संस्कृति संरक्षण एवं व्यवस्थापन समितिको बैठकले गुंःपुन्हि (क्वाति) भाद्र १३ गते र सापारु १४ गते मनाउने निर्णय गरेको बताइएको छ।
यस्तै भाद्र १५ गते मत्या (गणेश जात्रा) र भाद्र १६ गते वाः पिकेगु ख्याल (रोपाई जात्रा) मनाउने निर्यण भएको सतुगंल बाजा तथा संस्कृति संरक्षण एवं व्यवस्थापन समितिले जनाएको छ ।
तिथिको घटबढका कारण यसपटक काठमाडाैं, ललितपुर र भक्तपुरमा गुंःपुन्हि (क्वाति) र सापारु मनाउने दिन अलग अलग हुने भएका छन् । चन्द्रागिरि नगरका अन्य नेवाः वस्तीहरूमा यसवर्ष कुन दिन गुंःपुन्हि (क्वाति) र सापारु मनाउने भन्ने सन्दर्भमा छलफल भइरहेको बुझिएको छ ।













