नागढुंगा नाकाबाट यसकारण समातिए राजिव र अमृत

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ नागढुंगा नाकाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित झापा मेचीनगर नगरपालिका-१० बस्ने ३३ वर्षीय राजिब कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङगा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा. प्र ०३-००१ख २५१३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवारी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्रामसहित बाँके खजुरा गाउँपालिका-२ बस्ने २६ वर्षीय अमृत सिंह ठकुरीलाई पनि मंगलबार दिउँसो नागढुंगा नाकाबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट समेत खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको भे. १ ख. ३८४८ नम्बरको बसलाई जाँच गर्ने क्रममा ५३ वटा पोका पारी ल्याएको उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *