प्राविधिक समस्या देखिएको भन्दै एमाले नेताहरु चढेको जहाज जनकपुरबाट काठमाडौं फिर्ता
थानकोट ।
नेकपा एमालेका शीर्ष नेताहरु चढेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको छ ।
जनकपुर जाँदै गरेको जहाजको अटो पाइलट सिस्टममा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
उक्त जहाजमा एमालेका शीर्ष नेताहरु चढेका थिए ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ,युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगायतका नेताहरु चढेका थिए ।
एमालेको आजदेखि सिरहामा सचिवालय बैठक बस्दैछ । सोही बैठकमा सहभागी हुन उनीहरु अहिले जनकपुरतर्फ जाँदै थिए । जनकपुर पुग्ने बेलामा समस्या आएकाले ओर्लन नसक्ने भन्दै काठमाडौं ल्याइएको थियो ।












